Learn With Khadananda – सत्य, तथ्य र मनोरञ्जनको उत्कृष्ट संगम!
हामी यहाँ नेपालका चर्चित व्यक्तित्व, राजनीतिक घटनाक्रम, सामाजिक विषयवस्तु र इतिहासका रोचक कथाहरू प्रस्तुत गर्छौं। हाम्रो भिडियो सामग्री विश्वसनीय स्रोतमा आधारित छ, जसले तपाईंलाई सही जानकारी दिन्छ।
हाम्रो विशेषता:
✔ चर्चित व्यक्तिहरूको जीवनकथा
✔ राजनीति, विवाद र अनकथित सत्य
✔ इतिहास, रहस्य र समाजका विशेष विषयहरू
✔ ज्ञानवर्दक तथा प्रेरणादायी सामग्री
सब्सक्राइब गर्न नबिर्सनुहोस्! Learn With Khadananda सँगै सत्यको यात्रामा सहभागी हुनुहोस्।
📢 नयाँ भिडियोका लागि बेल आइकन थिच्नुहोस्!
📩 सम्पर्क: [khadanandakharal2055@gmail.com]
Learn With Khadananda
फेसबुक र इन्स्टाग्राम बिग्रिएर तपाईं मात्र तनाबमा पर्नुभएको होइन, यो संसारभरि नै बन्द भएको छ!
अकाउन्ट ह्याक भयो भनेर नडराउनुहोला। पासवर्ड फेर्ने वा एप अनइन्स्टल गर्ने गल्ती पनि नगर्नुहोला। यो फेसबुक (मेटा) को आफ्नै सर्भरको समस्या हो। अब केही बेर मोबाइल बन्द गरेर आराम गरौँ, केही घण्टामा आफै ठीक हुन्छ! 😂 #FacebookDown #InstagramDown
2 weeks ago | [YT] | 2
View 0 replies
Learn With Khadananda
हालै सार्वजनिक भएको संघीय निजामती सेवा ऐनको मस्यौदामा सरकारी सेवा प्रवेशको उमेर हद घटाउने प्रस्ताव गरिएको छ। जहाँ पुरुषको लागि ३२ वर्ष र महिलाको लागि ३५ वर्षको सीमा तोकिएको देखिन्छ।
यो कुरा सुन्दा सामान्य लागे पनि एउटा मध्यमवर्गीय नेपाली विद्यार्थीको लागि यो निकै पीडादायी निर्णय हो। हाम्रो देशको शिक्षा प्रणाली कस्तो छ भन्ने हामी सबैलाई थाहा नै छ। समयमा परीक्षा हुँदैन र नतिजा आउन वर्षौँ कुर्नुपर्छ। घरको आर्थिक अवस्था सुधार्न अलिअलि कमाउनु पर्ने बाध्यता एकातिर छ भने अर्कोतिर पढ्दापढ्दै उमेरले ३० को नेटो काटिसकेको हुन्छ।
जब एउटा युवा लोकसेवाको तयारी गरेर आफ्नो भविष्य सुधार्न खोज्छ, ठीक त्यही बेला सरकारले उमेरको तगारो तेर्स्याउनु कत्तिको न्यायसंगत छ? ३५ वर्षसम्म परीक्षा दिन पाउने आशमा तयारी गरिरहेका हजारौँ युवाहरूको सपनामाथि यो निर्णयले सिधै प्रहार गरेको छ। सरकारले उर्जावान युवाहरू खोज्नु सकारात्मक होला तर के ३३ वा ३४ वर्षको युवा उर्जावान र दक्ष हुँदैन र?
यदि सरकारले साँच्चै युवाहरूको हित चाहन्छ भने पहिले शैक्षिक क्यालेन्डर सुधारोस् र रोजगारीका अवसरहरू सिर्जना गरोस्। सपना देख्ने उमेरमै उमेरको हदबन्दी लगाएर युवाहरूलाई खाडी पठाउने बाटो मात्र खुल्ला नगर्नुहोस्। यो निर्णयले साँच्चै नै धेरैको मन दुखाएको छ। तपाईंहरूलाई के लाग्छ, सरकारको यो कदम सही छ या गलत?
#NepalGovernment #LoksewaPreparation #CivilServiceAct #YouthRights #NepalPolitics #KhadanandaKharal #LearnWithKhadananda
2 months ago | [YT] | 10
View 0 replies
Learn With Khadananda
दिपेन्द्र खत्री (टुल्लु) को वास्तविक कथा
हामीले सामाजिक सञ्जालमा देख्ने दिपेन्द्र खत्री अर्थात् 'टुल्लु' को त्यो चम्किलो मुस्कान र '१२३ पल्टन' को डान्स स्टेप पछाडि एउटा यस्तो गहिरो संघर्ष लुकेको छ जसले जोसुकैको मन छियाछिया बनाउँछ। आफ्नो परिवारको आर्थिक अवस्था सुधार्न सानै उमेरमा भारतको सिम्ला पुगेका उनले त्यहाँका चिसो पहाडहरूमा करिब १० वर्षसम्म भारी बोक्ने र ढुङ्गा फुटाउने जस्ता निकै कष्टकर कामहरू गरे। बस्नलाई गतिलो ओत नभएर खरको छानोबाट पानी तपतप चुहिने ठाउँमा रात बिताएका दिपेन्द्रले लेबर र हेल्परका रूपमा काम गर्दा भोगेको त्यो अभाव र सास्ती शब्दमा बयान गर्न सकिँदैन। यति धेरै दु:ख र कष्ट झेल्दा पनि उनमा एउटा पवित्र निस्वार्थ भावना जीवितै थियो— आफू शिक्षाबाट वञ्चित भए पनि रगत-पसिना बगाएर आफ्नो बहिनीलाई पढाउने र ठुलो मान्छे बनाउने। आज उनले पाएको यो चर्चा र माया कुनै संयोग मात्र नभई ती १० वर्षको कठोर तपस्या र परिवारप्रतिको अगाध प्रेमको फल हो, जसले हामीलाई सिकाउँछ कि इमान्दार मेहनत र धैर्यताले ढिलो चाँडो सफलताको ढोका पक्कै खोल्नेछ।
#Inspiration #StruggleStory #DipendraKhatri #Tullu #MoralStory #NepaliMotivation #LifeLessons #Respect
2 months ago | [YT] | 16
View 0 replies
Learn With Khadananda
कसले सोचेको थियो, उहाँलाई यसरी स्वागत गरिनेछ भनेर!
पदसँगै सम्मान पनि कमाउँदै : Sudan Gurung 👏
2 months ago | [YT] | 122
View 1 reply
Learn With Khadananda
बालेन सरकारको शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीहरू यस्ता छन्।
1. निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिइयो।
2. सरकारलाई परिणाममुखी र जवाफदेही बनाइने।
3. सबै दलका प्रतिबद्धता मिलाएर राष्ट्रिय प्रतिबद्धता बनाइने।
4. संविधान संशोधनका लागि राष्ट्रिय सहमति खोजिने।
5. दलित तथा वञ्चित समुदायप्रति औपचारिक माफी मागिने।
6. Gen Z आन्दोलन पीडितलाई राहत र पुनःस्थापना गरिने।
7. घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने।
8. आयोगका प्रतिवेदन कार्यान्वयन गरिने।
9. मन्त्रालय संख्या घटाएर १७ बनाइने।
10. सेवा प्रवाह सरल र छिटो बनाइने।
11. अनावश्यक संस्था हटाइने वा पुनर्संरचना गरिने।
12. प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त बनाइने।
13. कर्मचारीलाई अनुशासित र उत्तरदायी बनाइने।
14. संघ, प्रदेश र स्थानीय संरचना मापदण्ड बनाइने।
15. शिक्षक सेवा व्यवस्थापन प्रदेशबाट गरिने।
16. कर्मचारी मूल्याङ्कनलाई परिणामसँग जोडिने।
17. सेवा गुणस्तर प्रमाणीकरण प्रणाली लागू गरिने।
18. सरकारी कार्यालयको मापदण्ड सुधार गरिने।
19. कर्मचारी डिजिटल प्रोफाइल बनाइने।
20. नागरिक सेवा केन्द्र स्थापना गरिने।
21. नागरिक सेवा पूर्ण डिजिटल बनाइने।
22. फ्रन्ट डेस्क कर्मचारीलाई तालिम दिइने।
23. सेवा प्रक्रियाको पुनःसंरचना गरिने।
24. २४ घण्टे गुनासो प्रणाली लागू गरिने ।
25. हेलो सरकार प्रणाली सुधार गरिने।
26. सेवाहरू समयबद्ध र डिजिटल बनाइने।
27. सरकारी कागजात घरमै पुर्याइने।
28. डिजिटल प्रणाली सुदृढ बनाइने।
29. डेटा एकपटक मात्र संकलन गरिने।
30. एप र पोर्टल सरल बनाइने।
31. नागरिक एपबाट सेवा आवेदन सहज बनाइने।
32. सेवा लिन समय तय गर्ने सुविधा दिइने।
33. डिजिटल हस्ताक्षर प्रणाली लागू गरिने।
34. फाइल ट्र्याकिङ प्रणाली बनाइने।
35. प्रमाणपत्र अनलाइन डाउनलोड गर्न मिल्ने बनाइने।
36. एकीकृत डिजिटल शासन प्लेटफर्म बनाइने।
37. सबै सेवा एउटै प्लेटफर्मबाट उपलब्ध गराइने ।
38. डिजिटल नियामक निकाय स्थापना गरिने।
39. IT संरचना एकीकृत गरिने।
40. IT सम्बन्धी कानून बनाइने।
41. डिजिटल आर्किटेक्चर तयार गरिने।
42. Betting एप बन्द गरिने।
43. सम्पत्ति छानबिन समिति गठन गरिने।
44. सुशासन केन्द्र सुधार गरिने।
45. डिजिटल सम्पत्ति ट्र्याकिङ प्रणाली बनाइने।
46. भ्रष्टाचारविरुद्ध राष्ट्रिय योजना ल्याइने।
47. सदाचार नीति लागू गरिने।
48. सार्वजनिक खरिद प्रणाली सुधार गरिने।
49. आयोजना व्यवस्थापन सुधार गरिने।
50. e-procurement प्रणाली लागू गरिने।
51. परियोजना सहजीकरण कानून ल्याइने।
52. सडक आयोजना समयमै पूरा गरिने।
53. लगानी प्रक्रिया सरल बनाइने।
54. परियोजनाको लगानी मोडेल तय गरिने।
55. एकद्वार लगानी प्रणाली लागू गरिने।
56. Startup प्रक्रिया छिटो बनाइने।
57. SME ऋण सहज बनाइने।
58. व्यवसाय दर्ता एकीकृत गरिने।
59. रोजगार र सीप केन्द्र बनाइने।
60. निजी क्षेत्र प्रवर्द्धन रणनीति लागू गरिने।
61. व्यवसाय सुरक्षाको व्यवस्था गरिने।
62. अपराधीमाथि कडा कारबाही गरिने।
63. प्रभावित व्यवसायलाई राहत दिइने।
64. PM Delivery Unit स्थापना गरिने।
65. लगानी संस्थाहरू एकीकृत गरिने।
66. साना उद्योग दर्ता सरल बनाइने।
67. डेटा आदानप्रदान प्रणाली बनाइने।
68. CSR रकम केन्द्रित गरिने।
69. निजी क्षेत्र सुरक्षाको रणनीति लागू गरिने।
70. ढुवानी अवरोध हटाईने ।
71. पारदर्शी लगानी वातावरण बनाइने।
72. नयाँ पर्यटन क्षेत्र विकास गरिने।
73. आरोग्य पर्यटन प्रवर्द्धन गरिने।
74. ऊर्जा क्षेत्र सुधार गरिने।
75. खानेपानी व्यवस्थापन एकीकृत गरिने।
76. जलाधार संरक्षण गरिने।
77. शहरी विकास कानून ल्याइने।
78. निष्क्रिय स्रोत प्रयोग गरिने।
79. e-billing अनिवार्य गरिने।
80. कर प्रणाली सुधार गरिने।
81. कोषहरू एकीकृत गरिने।
82. खानी क्षेत्र सुधार गरिने ।
83. भन्सार प्रणाली सुधार गरिने।
84. धरौटी रकम उपयोग गरिने।
85. स्वास्थ्य सेवा सुधार गरिने।
86. शिक्षा क्षेत्रमा राजनीति हटाइने।
87. परीक्षा परिणाम समयमै निकालिने।
88. नागरिकता बिना स्नातक पढ्न मिल्ने बनाइने।
89. कक्षा ५ सम्म परीक्षा हटाइने।
90. कृषि क्षेत्र सुधार गरिने।
91. सुकुम्बासी समस्या समाधान गरिने।
92. सार्वजनिक जग्गा संरक्षण गरिने।
93. अपराधसम्बन्धी सम्पत्ति कानून सुधार गरिने।
94. CIB लाई प्रविधियुक्त बनाइने।
95. अन्तर्राष्ट्रिय संकट अध्ययन गरिने।
96. भन्सारमा थन्किएका सवारी व्यवस्थापन गरिने।
97. महिलाका लागि निःशुल्क बस सेवा सञ्चालन गरिने।
98. सार्वजनिक यातायातमा सुरक्षा बढाइने।
99. सहकारी बचत फिर्ता प्रक्रिया सुरु गरिने।
100. सबै पक्ष मिलेर सुधार कार्यान्वयन गरिने।
2 months ago | [YT] | 7
View 0 replies
Learn With Khadananda
Breaking: राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान धारा ७६ को (१) बमोजिम बालेन्द्र शाहलाइ नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ!
2 months ago | [YT] | 37
View 0 replies
Learn With Khadananda
Balen Shah likely to make many important & Bold decision on his first day as PM & start working from Day 1.
3 months ago | [YT] | 37
View 0 replies
Learn With Khadananda
Teacher’s Service Commission, Secondary Science question paper -2081.
3 months ago | [YT] | 4
View 0 replies
Learn With Khadananda
भरतपुर महानगर BLE नेपाली २०८२
3 months ago | [YT] | 13
View 0 replies
Learn With Khadananda
BLE 2082 Samajik Adhyan Question Paper📘🔬
Test your knowledge. Challenge yourself. Shine bright! ✨
#BLE2082 #Social
#BLE
#4GPA
3 months ago | [YT] | 11
View 0 replies
Load more