तात्तातो खबर

TattaTo Khabar brings you breaking news, latest updates,
and viral news from Nepal and around the world.
Subscribe for daily news updates.


तात्तातो खबर

बजेट भाषण पूरा सुनेर बाहिरिदै प्रधानमन्त्री.....
यसअघि नीति तथा कार्यक्रम प्रस्तुत हुँदा पूरा समय नबसी बाहिरिएको भन्दै आलोचना खेपेका प्रधानमन्त्री बालेन्द्र शाह यसपटक भने बजेट भाषण पूरा सुनेर मात्र बाहिरिएका छन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भइरहँदा प्रधानमन्त्री अन्तिमसम्म प्रतिनिधिसभा बैठकमा उपस्थित देखिएका हुन् ।

1 day ago | [YT] | 67

तात्तातो खबर

अर्थमन्त्री स्वर्णिम वाग्लेले आज संसदमा गर्नु भएको बजेट भाषण तपाईं लाई कस्तो लाग्यो ?

1 day ago | [YT] | 139

तात्तातो खबर

कस्तो आउला त बजेट?: आज दिउँसो ४ बजे आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुनेछ।

1 day ago | [YT] | 44

तात्तातो खबर

Breaking: भोलि दिउँसो ४ .०० बजे आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुनेछ।

1 day ago | [YT] | 159

तात्तातो खबर

मानव अधिकार आयोगको सिफारिस: ओली र लेखक सुब्बाविरुद्ध कारबाही, ३ वर्षसम्म विदेश भ्रमणमा प्रतिबन्ध र ६ महिना कैद वा ३ लाखसम्म जरिवानाको प्रस्ताव

3 days ago | [YT] | 57

तात्तातो खबर

श्रम संस्कृति पार्टीले आफ्नो कार्यक्रमहरूमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा राख्नै पर्ने निर्देशन दिएको छ।

4 days ago | [YT] | 19

तात्तातो खबर

जनतासँग टुटेको सम्बन्धलाई पुनः जोड्ने उद्देश्यले नेकपा (एमाले) ले पालिका केन्द्रित 'मिसन पार्टी जागरण' सञ्चालन गर्ने तयारी गरेको छ। यस अभियानलाई थप प्रभावकारी र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधिको प्रत्यक्ष संयोजनमा गाउँ-गाउँसम्म टोली खटाइने छ। पार्टी पुनर्जागरण र संगठन सुदृढीकरणका लागि एमालेले यस अभियानमार्फत सिधै भुइँतहका जनता र कार्यकर्तासँग संवाद गर्ने लक्ष्य राखेको छ।

4 days ago | [YT] | 13

तात्तातो खबर

प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ ।

5 days ago | [YT] | 68

तात्तातो खबर

रास्वपाको ५० लाख बढी समानुपातिक भोट आउँछ, एक्लै सरकार बनाउँछ। फागुन २१ मा कुनै पार्टीको अध्यक्ष जित्दैन, रास्वपा बाहेक। कम्युनिष्ट र मधेशी दलको उठिबास लाग्छ। १० हजार मतले गगन थापालाई हराउँछु। कांग्रेसको प्रत्यक्ष २५ र समानुपातिक गरेर ४० सिट कट्दैन। बालेन प्रधानमन्त्री नबने आ~त्मदाह गर्छु।
-अमरेश कुमार सिंह, २०८२, फागुन।

युवाहरू सडकमा आउँछन्। गैरराजनीतिक व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार बन्छ। त्यो पनि सर्वोच्च अदालतको वैधता, नेपाली सेना र विदेशी शक्तिको साथमा। भारत र चीन हैन कि, अमेरिकाको सामर्थ्यमा।
-अमरेश कुमार सिंह, २०८१, मङ्सिर ११।

अमरेश सिंहले चुनावअघि गरेका सबै कुराहरू पूरा भए। किनकी ती सबै भविष्यवाणी थिएनन् बरू रहस्य थिए। जेनजी आन्दोलनअघिका रहस्यहरू पनि सबै सत्य सावित भए।

अहिले फेरि तिनै अमरेशले भनेका छन्:
- भारत र चीनसँगको सम्बन्ध केपी ओली सरकारभन्दा बढी खल्बलिएको छ।
- राजनीति सक्न हरेक सत्ताले मधेशीलाई उद्योगमन्त्री बनाउँछ, अहिले पनि त्यही भयो।
- काठमाडौं महानगरको टिमले देश चलाउन खोजिरहेको छ।
- अलि बारपछी यो संविधान नरहन पनि सक्छ।
- सिंगो लोकतन्त्र पाकिस्तानको मोडलमा जाने संकेत छ, जानसक्छ।
- नेपालको इतिहासमा दुई तिहाइको कुनै सरकार सफल भएको छैन, बालेन्द्रलाई पनि ५ वर्ष जान गाह्रो छ।

6 days ago | [YT] | 36

तात्तातो खबर

बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ । यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ । गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।

6 days ago | [YT] | 65