SWASTHYA PHARMACY

From this channel, we provide public awareness health materials of famous doctors of Nepal such as: health information, health tips, motivational video, health awareness live program etc.

Remember that all the health content broadcasted on this channel will be 100% confidential

For more information:
Email: swasthyap@gmail.com
Instagram: www.instagram.com/swasthyapharmacy?igsh=MTc2cHBybn…


SWASTHYA PHARMACY

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । Nepal Weather Forecast

2 days ago | [YT] | 14

SWASTHYA PHARMACY

तपाईंलाई के लाग्छ, तपाईंको सुगर बढ्नुको मुख्य कारण के हो?

3 days ago | [YT] | 1

SWASTHYA PHARMACY

उहाँ: “डा. दीपक मल्ल है तपाईँ?”

म: “हो सर, म नै हो।”

“लौ, कसरी चिन्नुभयो मलाई?”

उहॉ-ल, मलाई चिन्नु त…”

बिरामी हेर्दा–हेर्दै गलिसकेको दिमाग… फेरि एकपटक हेरेँ। चस्मा पनि खोल्न लगाए।

म: “माफ गर्नुहोला,चिनिन हजुर मैले त।”

उहाँ: “ल, कस्तो नचिनेको नि! हामी २००५ सालमा CDHP “Community development health project)मा सँगै काम गरेको नि। तीन महिना ललितपुरको गाउँमा सँगै थियौँ।”

ओहो! मेरो अमरिश भगत दाजु

आफू त एक हप्ता अघि भेटेको मान्छेलाई पनि “को हो?” भन्ने मान्छे…

उहाँको दिमाग र सम्झनाशक्तिलाई भने मान्नै पर्छ।

पहिला सँगै काम गर्ने सहकर्मी दाजु, अहिले २१ वर्ष पछि सुगर बढेर आउनुभएको… अनि भाग्यले नै मेरै टेबलमा आउन लेखेको रहेछ।

सम्बन्धले अन्ततः सम्बन्ध नै खोज्दै आउँछ।

Pic- Permission taken from Patient.Amrish Bhagat

Dr. Dipak Malla.
‪@swasthyapharmacy‬

3 days ago | [YT] | 8

SWASTHYA PHARMACY

आजको हाम्रो खाजा 😊

आजको हाम्रो खाजा – परम्परागत नेवारी ल्वाँचा मरी।

आफ्नै मौलिक स्वाद, सादगी र पोषणले भरिएको यो परिकार बिहानको खाजाका लागि निकै राम्रो विकल्प हो।

Source:- Dr. Dipak Malla

5 days ago | [YT] | 11

SWASTHYA PHARMACY

आज बिरामीसँगको एउटा कुराकानी…

“४ जना सन्तान जन्माएँ, पढाएँ, हुर्काएँ, जोगाएँ, विदेशसम्म पठाएँ। त्यति बेला जीवनका घाउहरू जसोतसो टालिए।

तर यो रोगले जन्म लिएपछि भने सधैं सताइरह्यो। धेरै सहें, धेरै गलिएँ, अन्ततः हार पनि खाएँ।

डाक्टर बाबु, जन्माउने र हुर्काउने त सन्तानलाई रहेछ, रोगलाई होइन रहेछ.

कहिलेकाहीँ बिरामीको एउटा वाक्यले सयौँ किताबले सिकाउन नसकेको जीवनको सत्य सिकाइदिन्छ।

Via: Dr. Dipak Malla
‪@swasthyapharmacy‬

5 days ago | [YT] | 2

SWASTHYA PHARMACY

भुवन भाइको मधुमेह यात्रा र कष्टता

भुवन भाइ तनहुँका हुनुहुन्छ। उहाँ जन्मेदेखि नै करिब डेढ वर्षको उमेरदेखि दृष्टिविहीन हुनुहुन्छ। केही वर्षअघि मधुमेह (सुगर) पनि देखिएपछि उहाँ र उहाँका दाजुभाइ काठमाडौंका विभिन्न ठाउँमा धुपबत्ती बेचेर आफ्नो जीविका चलाइरहनुभएको छ। उहाँका भाइ पनि दृष्टिविहीन हुनुहुन्छ।

हामीले सकेसम्म कहिले औषधि जुटाएर, कहिले इन्सुलिन मागेर, कहिले किनेर सहयोग गर्दै आएका थियौं। सुगर पूर्ण रूपमा नियन्त्रणमा नभए पनि उपचार भने चलिरहेको थियो।

आज भुवन भाइले भन्नुभयो,
“डाक्टर साहेब, सुगर बढेर दुई हप्तादेखि धुपबत्ती बेच्नै सकिनँ। पैसा पनि भएन। इन्सुलिन र औषधि किन्न सकिनँ। अब धेरै गाह्रो पर्ने भयो।”

मैले धुपबत्तीको मूल्य सोधें। उहाँले भन्नुभयो, “एउटा प्याकेटको १०० रुपैयाँ।” मैले उहाँबाट दुई प्याकेट धुपबत्ती किनें।

अब भुवन भाइलाई सहयोग गर्ने सबैभन्दा राम्रो माध्यम उहाँकै धुपबत्ती किनिदिनु हो। उहाँलाई नियमित रूपमा इन्सुलिन र औषधि अत्यन्त आवश्यक छ।

यदि बाटोमा भेट्नुभयो वा सम्पर्क गर्न सक्नुभयो भने, कृपया उहाँबाट धुपबत्ती किनेर सानो सहयोग गरिदिनुहोस्। तपाईंको सानो सहयोगले उहाँको उपचार निरन्तर गर्न ठूलो साथ पुग्न सक्छ।

सम्पर्क नम्बर: ९८४६०६७३८८

यो फोटो र सम्पर्क नम्बर उहाँकै अनुमति लिएर सार्वजनिक गरिएको हो।

धन्यवाद।

‪@swasthyapharmacy‬

5 days ago | [YT] | 15

SWASTHYA PHARMACY

मधुमेहका बिरामीहरु - के तपाईंले कहिल्यै यस्ता अनुभव गर्नुभएको छ?

॰ अरूले के भन्लान् मेरो बारेमा भन्ने डर लागेको छ?

॰ मलाई नै किन मधुमेह भयो? भन्ने प्रश्नले मन पोलाएको छ?

॰ साथीभाइ वा आफन्तकोमा जाँदा खानपानको कारण अप्ठ्यारो महसुस भएको छ?

॰ सबैको अगाडि इन्सुलिन लगाउन वा औषधि खान लाज लागेको छ?

॰ कसैले “सुगरको बिरामी” भनेर फरक व्यवहार गरेको वा हेपेको जस्तो लागेको छ?

॰ कहिलेकाहीँ औषधि वा इन्सुलिन अरूले देख्लान् भनेर छुटाउनुभएको छ?

आफ्नो अनुभव कमेन्टमा खुलस्त रूपमा लेख्नु होला।

‪@swasthyapharmacy‬

5 days ago | [YT] | 7

SWASTHYA PHARMACY

कतै तपाइलाइ यी समस्या त छैन ?
मानसिक समस्या (Mental Health Problems) विभिन्न प्रकारका हुन्छन्। केही सामान्य मानसिक समस्याहरू:
1)Depression (डिप्रेसन)
-लामो समयसम्म उदास हुने
-कुनै काममा रुचि नलाग्ने
-थकान, निद्रा र भोकमा परिवर्तन
-आत्महत्याको सोच आउनु (गम्भीर अवस्थामा)
2)Anxiety Disorder (चिन्ता विकार)
-अत्यधिक चिन्ता वा डर लाग्ने
-मुटु छिटो धड्किने
-पसिना आउने, हातखुट्टा काम्ने
-बेचैनी हुने
3)Panic Disorder
-अचानक धेरै डर लाग्ने
-सास फेर्न गाह्रो हुने
-छाती दुख्ने
-आफू मर्छु जस्तो महसुस हुने
4)Bipolar Disorder
-कहिले अत्यन्त खुसी र धेरै ऊर्जावान हुने
-कहिले अत्यन्त निराश हुने
5)Schizophrenia
-नभएको कुरा देख्ने वा सुन्ने
-वास्तविकता छुट्याउन गाह्रो हुने
-असामान्य व्यवहार देखिने
6)Obsessive-Compulsive Disorder (OCD)
-एउटै कुरा बारम्बार सोचिरहने
-हात बारम्बार धुने, ढोका बारम्बार जाँच्ने जस्ता बानी
7)Post-Traumatic Stress Disorder
-दुर्घटना वा नराम्रो घटनापछि डर, दुःस्वप्न वा तनाव भइरहने
8)Insomnia
-निद्रा नलाग्ने वा पर्याप्त निद्रा नपुग्ने
-मानसिक समस्याका सामान्य लक्षण
-लामो समयसम्म दुःखी वा निराश महसुस हुनु
-अत्यधिक चिन्ता वा डर लाग्नु
-रिस धेरै उठ्नु
-ध्यान केन्द्रित गर्न गाह्रो हुनु
-निद्रा वा भोकमा परिवर्तन
-मानिससँग घुलमिल हुन मन नलाग्नु
-दैनिक काम गर्न गाह्रो हुनु
*यदि यी लक्षणहरू २ हप्ताभन्दा बढी रहन्छन् वा दैनिक जीवनमा असर पार्छन् भने मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श गर्नु उचित हुन्छ। समयमै उपचार र परामर्शबाट अधिकांश मानसिक समस्याहरूमा राम्रो सुधार आउन सक्छ।
#healthyhabits #mentalhealth #healthtips #healthyfood ‪@swasthyapharmacy‬

1 week ago | [YT] | 7

SWASTHYA PHARMACY

📢 सचेत बनौँ, स्वस्थ रहौँ!
अविरल भइरहेको वर्षाका कारण हाल झाडापखाला, हैजा र डेंगी रोगको खतरा बढेको छ। आफू, आफ्नो परिवार र समुदायलाई यी सरुवा रोगहरूबाट जोगाउन नेपाल सरकार, स्वास्थ्य तथा खाध्य स्वच्छता मन्त्रालयद्वारा जारी गरिएका निम्न स्वास्थ्य मापदण्डहरू अनिवार्य रूपमा अपनाउनुहुन हार्दिक अनुरोध गर्दछौँ।
⚠️ विशेष अपिल: खाद्यान्न तथा खानेपानी वितरक लगायत सम्पूर्ण सरोकारवाला निकाय तथा व्यवसायीहरूलाई समेत यस संवेदनशील समयमा सचेत र जिम्मेवार रहन अनुरोध गर्दछौँ।
‪@swasthyapharmacy‬

2 weeks ago | [YT] | 14

SWASTHYA PHARMACY

अस्पतालका कर्मचारीहरूले पालना गर्नुपर्ने आचारसंहिताः

(क) विरामी, कुरुवा तथा सेवाग्राहीप्रति सम्मानजनक, शिष्ट, सहानुभूतिपूर्ण र सेवामुखी व्यवहार गर्नुपर्नेछ ।

(ख) विरामीको स्वास्थ्य, सुरक्षा र हितलाई सर्वोपरि राखी जात, जाति, धर्म, लिङ्ग, भाषा, आर्थिक अवस्था वा अन्य कुनै आधारमा भेदभाव नगरी सेवा प्रदान गर्नुपर्नेछ।

(ग) आकस्मिक विरामी, गर्भवती महिला, वालवालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकताक साथ सेवा उपलब्ध गराउनुपर्नेछ ।

(घ) विरामीको व्यक्तिगत तथा स्वास्थ्यसम्बन्धी बिबरणको गोपनीयता कायम गर्दै उपचार, सेवा, शुल्क तथ प्रक्रियासम्बन्धी आवश्यक जानकारी स्पष्ट रूपमा उपलब्ध गराउनुपर्नेछ ।

(ङ) आफ्नो पेशागत दक्षता, इमानदारी, निष्पक्षता र उत्तरदायित्त्वका साथ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेछ।

(च) सेवाग्राहीलाई अनावश्यक रूपमा प्रतीक्षा गराउने, दुःख दिने वा विभिन्न कक्षमा भौतारिन वाध्य पार्ने कार्य गर्नु हुँदैन।

(छ) सेवाको सिलसिलामा कुनै प्रकारको घुस, कमिसन, उपहार वा अन्य अनुचित लाभ लिन, दिन वा माग गर्न हुँदैन।

(ज) अस्पतालको सम्पत्ति, औषधि, उपकरण तथा अन्य स्रोत साधनको संरक्षण गर्नुपर्नेछ तथा संक्रमण नियन्त्रण, सरसफाइ र स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ ।

(झ) सहकर्मी तथा सेवाग्राहीप्रति सम्मानजनक व्यवहार गर्नुपर्नेछ तथा कुनै पनि प्रकारको शारीरिक, मानसिक, लैङ्गिक वा यौन दुर्व्यवहार तथा उत्पीडन गर्नु हुँदैन।

(अ) विपद्, महामारी तथा आकस्मिक अवस्थामा उच्च सेवाभाव, समर्पण र जिम्मेवारीका साथ सेवा प्रदान गर्नुपर्नेछ तथा आफ्नो व्यवहारबाट अस्पतालको गरिमा र जनविश्वास अभिवृद्धि हुने गरी कार्य गर्नुपर्नेछ।

(ट) बिरामीको गोपनीयता र संस्थाको प्रतिष्ठामा आँच नपुग्ने गरी जिम्मेवार पूर्ण व्यवहार गर्नुपर्नेछ ।

‪@swasthyapharmacy‬

2 weeks ago | [YT] | 11