Nepali Chhapro - Bulbul

डिजिटल मिडियाको चुलिँदो लोकप्रियतासँगै सकारात्मक सञ्चारको एउटा अभियान बनेर आएको "बुलबुल कम्युनिकेसन" ले युट्युबमा विभिन्न विषय र विधाका ४ वटा च्यानलहरु गरिरहेको छ ।

तिनै मध्येको यो च्यानल–४ (NEPALI CHHAPRO - BULBUL) हो । यसै च्यानलबाट हरेक बुधबार नेपाली समय अनुसार राती सवा नौ बजे बुलबुल (Bulbul - Euta Irani Chara) प्रेमियर हुने गर्छ । बुलबुल बाहेक यस च्यानलमा पोडकास्ट, अन्तरवार्ताका साथै विभिन्न ठाउँमा भएका नेपालीहरुका साहित्यिक, सांस्कृतिक र सामाजिक गतिविधि अडियो वा भिडियो सामग्रीका रूपमा समेटिन्छन् ।

BULBUL COMMUNICATION (च्यानल–१) र SHRUTI SAMBEG (च्यानल–२) मा सञ्चारकर्मी अच्युत घिमिरे 'बुलबुल' ले वाचन गरेका नेपाली साहित्यका विभिन्न पुस्तक, लेख वा रचना वाचनका श्रव्य पुस्तकहरु उपलब्ध छन् ।

हिन्दी कथा,उपन्यास वाचनका लागि तेस्रो च्यानलका रुपमा PREET KI REET संचालित छ ।


--- सहकार्यका लागि सम्पर्क :
Email us
(chhapronews@gmail.com)
(bulbulsahitya@gmail.com)
Call us (+977 9851088117)
P.O. Box 2004, Kathmandu, Nepal


Nepali Chhapro - Bulbul

आज बुधबार । बुलबुलको ८४ औँ अंक प्रसारण हुने दिन हो । रूघा लागेको स्वरका लागि शुरुमै माफी मागेर कार्यक्रम शुरुवात गर्नेछु ।

2 weeks ago | [YT] | 22

Nepali Chhapro - Bulbul

धेरैले सोधिरहनुभएको थियो – नयाँ उपन्यास कहिले आउँछ भनेर ।

आज एउटा नयाँ उपन्यास लिएर आउँदैछु ।

बंगाली उपन्यास सारेँग बौ को नेपाली अनुवाद माझीकी स्वास्नी । बडो गजबको उपन्यास आज । आज बुधबार दिउँसो ३ः३० बजेबाट प्रेमियर हुनेछ ।

4 weeks ago | [YT] | 10

Nepali Chhapro - Bulbul

लोककथामा जति शिक्षा अचेलका कम्युटरमा हुँदैनन् ।

आज शनिबार । अहिलेलाई च्यानल २ मा "लालहीराको कथा" सुन्नुस् । बेलुकीसम्म च्यानल १ मा अर्को उपन्यास लिएर आउनेछु - "आँसुको खहरे"

2 months ago | [YT] | 15

Nepali Chhapro - Bulbul

नेपाली साहित्यमा बीपी र पारिजात नपढ्नेहरूले के पढ्लान् र जस्तो लाग्छ मलाई ।
त्यसैले अचेल विश्वेश्वरप्रसाद कोइरालाका सबै कृृतिहरू क्रमशः वाचन गर्ने मोडमा छु । आजको शनिबार बाबु, आमा र छोरा उपन्यास प्रेमियर गरेको छु । यसअघि नरेन्द्र दाइ वाचन गरेर प्रस्तुत गरेको थिएँ । तीन घुम्ती र हिटलर र यहुदी निक्कै अघि वाचन गरेर च्यानलमा राखिसकेको छु । चाँडै नै सुम्निमा, दोषी चस्मा र श्वेत भैरवी पनि ल्याउनेछु ।
आफू सुनौं र अरूलाई पनि सेयर गरेर जानकारी दिउँ ।

3 months ago | [YT] | 4

Nepali Chhapro - Bulbul

बुलबुल कम्युनिकेशनका सबै च्यानलबाट नयाँ आउने बित्तिकै सबै अडियो बुक सुनिसक्नुभएका र अर्को कुन आउँछ भनेर प्रतीक्षा गरिरहने श्रोता मित्रहरू (करीब १० जना) को सहयोग चाहिएको छ । इच्छुक मित्रहरूले कृपया bulbulsahitya@gmail.con मा सम्पर्क गर्नुहोला ।
अच्युत घिमिरे

3 months ago | [YT] | 20

Nepali Chhapro - Bulbul

आउनुहोस्, आज सबै बिर्सिएर प्रेममा मात्रै रङ्गिऔं।
इन्द्रेणी स्पर्शका प्रत्येक धुनले हाम्रो मनका तारहरू छेडुन्,
अनि शब्दहरूले हाम्रो सामीप्यतालाई अझ प्रगाढ बनाउन्। जहाँ प्रेम छ, त्यहाँ नै पूर्णता छ........

 @bulbuleachyut  मा सुनौ उपन्यास #इन्द्रेणीस्पर्श

3 months ago | [YT] | 18

Nepali Chhapro - Bulbul

हुन त मिडियामा प्रस्तोतालाई 'एक्सक्युज' हुँदैन । तर पनि ऊ मान्छे हो । त्यसकारण कहिलेकाँही तलमाथि परिहाल्छ । अब मिडियाका उपभोक्ता प्रस्तोतासँग यसरी जोडिएका छन् कि ती दुईलाई जोड्ने 'अल्गोरिदम' नै कस्सिलो छ । त्यसकारण पहिलेका मिडियामा जस्तो प्राविधिक पाटोलाई दोष दिनु भन्दा यथार्थ कुरा भन्दा बरू सहज हुन्छ !

केही दिनदेखि एउटा तालिममा सहभागी छु । बिहानदेखि बेलुकीसम्म यति व्यस्त छु कि न कसैसँग राम्ररी फोनमा बोल्न भ्याएको छु, न इमेल, मेसेज चेक गर्न, न राम्रोसँग निद नै पुगेको छ ।

यस्तोमा बुधबार नजिकै आइसक्दा पनि #बुलबुल को तयारी गर्न नभ्याउनु असाधारण कुरा भएन । तर तालिम यो बेला पर्छ भन्ने ६ हप्ता अघि थाहा हुँदाहुँदै पनि एउटा 'एक्स्ट्रा' #बुलबुल बनाएर राख्न भ्याएको थिइनँ ।

त्यसैले आज बुलबुलियनहरूलाई बुधबार रित्तो हात देखाउनु पर्दा दु:खी छु । अर्को बुधबार अवश्य नयाँ #बुलबुल ल्याउनेछु ।
२ हप्तासम्म #बुलबुल बाट पोखिन नपाउँदा म पनि रूख्खिसकेको हुनेछु । त्यसैले आउँदो हप्ता विशेष बनाएर ल्याउनेछु । आजलाई क्षमा दिनुहोला ।

बरू च्यानल २ मा विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास #नरेन्द्र_दाइ ल्याएको छु हिजो । फुर्सद भए त्यो सुन्ने कि ?

4 months ago | [YT] | 28

Nepali Chhapro - Bulbul

बडो गज्जबको उपन्यास प्रेमियर गर्र्नेछु आज । मध्यान्ह १२ बजे शुरू हुनेछ । ७ घण्टा १३ मिनेट तपाईंंलाई खेर गएको जस्तो लाग्ने छैन ।

नाम सुुन्दा साधारण लाग्छ – च्यातेको तमसुक । शुरुको आधा घण्टा वाचन गर्दा त मलाई पनि अल्छी लागेको थियो । तर पछि पछि यस्तरी तान्यो यो किताबले कि कहिल्यै नसकियोस् जस्तोे भयो ।

हिजो आजको जस्तो भाषा छैन यसमा । २०२२ सालमा पहिलो पटक प्रकाशित उपन्यास । यसम प्रयोग भएको भाषा, भेषभुषा, बोल्ने शैली, एउटा गरीब केटो कसरी लाहुरे बन्यो ? त्यस जमानामा पानी जहाज चढेर बेलायत कसरी पुग्यो ? बेलायतमा के कस्तो संघर्ष गर्यो ? भात खान समेत बाटोखर्च चामल बोकेर हिंड्नुपर्ने जमानामा एउटी गोरीसँग कसरी प्रेममा पर्यो ? त्यतिबेलाका मानिसहरुमा रहेको यौन चेत र युरोपमा देखेको संस्कृतिले उनीहरुमा चकित पारेको सन्दर्भ । एकदमै रोचक छ पुस्तक ।

समय मिलेमा तपाईं पनि सुन्नहोला ।

यो किताब सजिलै बजारमा पाइँदैन होला अचेल ।

4 months ago | [YT] | 27

Nepali Chhapro - Bulbul

मैले सानै छँदा टेलिसिरियलमा हेरेको थिएँ - #रूपमती । हामी छुच्ची सासुको बिम्ब दिनलाई रूपमतीकी सासू भन्थ्यौँ । उपन्यास निकै राम्रो भनेको सुन्थेँ तर सिरियलमा हेरिसकेकाले पढ्न जाँगर थिएन ।

यो पटक मेरा श्रोतालाई "श्रुति गराउन विविध संवेगका साथ" पढेँ ।

बाफ रे ! कति मज्जाको उपन्यास । कति सरल भाषामा नेपाली समाजको वि.सं. १९९० सालअघिको काठमाण्डौंको जनजीवन चित्रित गर्नुभएको रुद्रराज पाण्डेले । बालकृष्ण समले भूमिका लेख्नुभएको छ ।

यिनताका #रूपमती उपन्यास वाचन गर्न मलाई जुरेको रहेछ ! किताब पढ्दै जाँदा कतिपय शब्द अहिले उच्चारण नै गर्न नमिल्ने पनि आए । मनले नमाने पनि उतिबेलाको ईतिहास हो, तथ्य त मर्न दिनु भएन, ती गालीहरू पनि निर्धक्क वाचन गरेको छु ।

फुर्सद भए किताब किनेरै पढ्नुहोला । नत्र ४ घण्टामा सुनेर सकिन्छ । मेरो आवाजमा सुन्नुहोला - #रूपमती (श्रव्य पुस्तक) ।

सुन्नका लागि Bulbul Communication को दोस्रो च्यानल  @bulbulSahitya 

4 months ago | [YT] | 23

Nepali Chhapro - Bulbul

कवि दुर्गा दाहाललाई मैले प्रत्यक्ष भेट्न पाइनँ । Krishna Dharabasi दाइले "राम्रा कविता छन् भाइ, तपाईंको स्वरमा वाचन गर्नू, अहिले यो किताब पनि पाउँदैन" भनेर मेर‍ो हातमा" टाँगिएको आकाश" थमाउनुभएको थियो । धेरै महिनापछि बल्ल आज अडियोका रूपमा ल्याएको छु । कविता मन पराउनेहरूले सुन्नुहोला । शब्द सारै शक्तिशाली छन् ।
Channel -  @newsbulbul 

5 months ago | [YT] | 38