गित ,सँगित, समाचार, रोचक जानकारी यात्रा तथा सम्पुर्ण मनोरंजन को लागी कृपया मेरो चैंनल सब्सक्राइब गरिदिनुहोला। धन्यबाद। For full of Entertainments, information ,music, news , Travel, comedy's please subscribe my channel.. Thanks..


Dhurba Kunwar

नमस्कार राधे राधे

4 weeks ago | [YT] | 4

Dhurba Kunwar

🌸🙏 शुभ प्रभात, नमस्ते 🙏🌸
समय बदलिन्छ… मान्छे पनि बदलिन्छ, परिस्थिति पनि बदलिन्छ। आज हामी जहाँ उभिएका छौँ, त्यो स्थायी होइन। आजको खाली हात भोलि भरिन सक्छ, र आजको भरिएको जीवन भोलि खाली हुन पनि सक्छ।
त्यसैले “म आज जे छु, सधैं त्यही रहन्छु” भन्ने भ्रम नराखौँ। जीवनको यात्रा अनिश्चित छ, तर सिकाइ भने अमूल्य छ। आफ्नो गल्ती लुकाउने होइन, स्वीकार्ने बानी बसालौँ। किनकि आफूलाई चिन्ने मान्छे नै जीवनलाई सही बाटोमा लैजान सक्छ।
यो संसार गोलो छ… आजको दूरी भोलि भेटमा बदलिन सक्छ, र आजको भेट भोलि सम्झनामा मात्र सीमित हुन सक्छ। त्यसैले घमण्ड होइन, सरलता, सम्मान र राम्रो सोच लिएर अघि बढौँ।
आज नचाहिएको कुरा भोलि सबैभन्दा आवश्यक बन्न सक्छ… समयले सिकाउने पाठ कहिल्यै ढिलो हुँदैन। 🙏
🌿 सबैको दिन सुख, शान्ति र सकारात्मक ऊर्जाले भरियोस् । हार्दिक नमस्कार । ☀️🙏

1 month ago | [YT] | 7

Dhurba Kunwar

🪷 बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय मजदुर दिवसको हार्दिक शुभकामना 🪷

भगवान गौतम बुद्धको पावन जयन्ती तथा
अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा
मेरो सम्पूर्ण परिवारको तर्फबाट
तथा Dhurba Kunwar YouTube र Facebook Social Media को तर्फबाट
देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा
हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

बुद्धका शान्ति, करुणा र मैत्रीका सन्देशहरूले
हामी सबैको जीवनमा सकारात्मक ऊर्जा ल्याओस्।
त्यस्तै, श्रमको सम्मान, अधिकारको सुनिश्चितता र
एकताको भावनाले समृद्ध समाज निर्माणमा टेवा पुगोस्।

शान्ति, सद्भाव र श्रमप्रतिको सम्मानसहित
उज्ज्वल भविष्यको कामना गर्दछु।

🙏 जय बुद्ध ! जय श्रमजीवी ! 🙏

1 month ago | [YT] | 3

Dhurba Kunwar

Happy new year 2083

2 months ago | [YT] | 7

Dhurba Kunwar

हरी ॐ जय सिया राम
आज राम नवमी को बिशेष दिन हाम्रो अन्नय प्रभु शोभाखर भन्डारी ज्यु को जन्मदिन को पावन अवसरमा गिस सॅंगित मा अझ अघी बढ्दै जानुहोला, शुख शान्ती समृदी सफलता स्वस्थ जिवनको कामना गर्दछु ॥ Shobhakhar Bhandari

3 months ago | [YT] | 5

Dhurba Kunwar

दर्शन नमस्कार
स्थिती सामान्य छ खासै चिन्ता लिनपर्दैन अनी भए न भए का एआई या अन्य फाल्तु सामाग्री हरु पोष्ट गरी घर परिवार सबैलाई डराउन दिने काम न गर्नुहोला र कानुन ले पनी छोड्नेछैन है॥ दिनको सयौ ड्रोन रकेट हरु पर्हार भएकैछन तर ९९.९९% सबै रक्षा प्रणाली ले आकाशमै नष्ट गर्न सक्क्षम छ, र भर्खर पनी अल कुज को आकाश मा एक ड्रोन हो पक्कैपनी नष्ट गर्यो त्यसैले खासै चिन्ता लिन पर्दैन सबैले कानुन नियम र सुरक्षा पालना गरौ ॥ साथै रॅंगिन पर्व होली क हार्दिक शुभकामना ॥ don’t forget that time is most powerful time is everything respect the time and wait for right time 🕰️ 🙏🏻

3 months ago | [YT] | 4

Dhurba Kunwar

हर हर महादेव
हार्दिक निमन्त्रणा ( मात्र केही घण्टा बाकी )
गुल्मी सेवा समाज युएई
गुल्मेली भजन कृतन मण्डलि समूह युएई, दुबई
को शिव पूजा-आराधना भजन कीर्तन प्रसादी कार्यक्रम आज ठीक 1:30 PM देखि सुरु हुनेछ , स्थान Hyde Park Hotel bur dubai, m floor danfe Hall near Al ghubaiba Bus station 🙏

आज अत्यंत महत्त्वपूर्ण दिन हामी हिन्दू हरूको लागि
सृष्टी ब्राम्हण का सम्हार कर्ता कैलाशपति शंकर भगवान आज को रात्री शिव लिंग को रुप मा प्रकट हुनुभएको भन्ने पौराणिक कथा को मान्यता अनुसार नै आज सम्पूर्ण हिन्दू हरूले भव्यता को साथ मनाउने गरिन्छ, जय शंकर भोला सबैको कल्याण गर्नुहोला 🕉

4 months ago | [YT] | 8

Dhurba Kunwar

💖 Happy Valentine’s Day 💖

माया भनेको केवल प्रेमी–प्रेमिकाबीच मात्र होइन,
माया भनेको परिवार, साथीभाइ र आफन्तसँगको
निष्कपट सम्बन्ध पनि हो।

आजको दिनले हामी सबैको जीवनमा
माया, विश्वास र खुशी अझै बढाओस्।

साथीहरू, तपाईँहरूको साथ र सहयोग नै
मेरो लागि सबैभन्दा ठूलो उपहार हो।

सबैलाई प्रेम दिवसको हार्दिक शुभकामना ❤️🌹
धुर्व कुवॅंर

4 months ago | [YT] | 4

Dhurba Kunwar

🕉️ श्री गणेशाय नमः 🕉️
धर्मो रक्षति रक्षितः

🌸 हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !! हार्दिक निमन्त्रणा !!! 🌸

गुल्मी सेवा समाज युएईको मातहतमा रहेको
गुल्मेली मौलिक भजन किर्तन मण्डली समूह, युएईद्वारा आयोजित

नेपालीहरूको महान् चाड महाशिवरात्री को पावन अवसरमा
विशेष शिव पूजा–आराधना, मौलिक भजन किर्तन तथा प्रसादी ग्रहण कार्यक्रम
निम्न मिति, समय र स्थानमा आयोजना हुन गइरहेको हुँदा,
युएईमा रहनु भएका सम्पूर्ण नेपाली श्रद्धालु भक्तजनहरूलाई
गरिमामय उपस्थित भई कार्यक्रमको शोभा बढाई
यस पवित्र धार्मिक कार्यलाई सफल पारिदिनुहुन
यसै सूचनामार्फत हार्दिक निमन्त्रणा गर्दछौं।

📄 मिति: १५/०२/२०२६ आइतबार

⏰ समय: दिनको ठीक १:३० बजे देखि साँझ ६:०० बजे सम्म

📍 स्थान: हाइड पार्क होटल डाफे क्लब (नियर - अल्घुवैवा बस स्टेशन) वर, दुबई



कार्यक्रम संयोजन टोली

🔹 मुख्य संयोजक: बुद्धि प्रसाद न्यौपाने
🔹 सह–संयोजक: धुर्व कुवॅंर
🔹 भजन व्यवस्थापन: श्रीराम भण्डारी
🔹 सह–व्यवस्थापन: विष्णु कुवॅंर
🔹 कार्यक्रम सञ्चालक: कमल जङ्ग कार्की

पूजा व्यवस्थापन

▪️ प्रियसी मन्जु खनाल
▪️ रन्जीता कुवॅंर
▪️ कमला थापा



प्रार्थी:
🙏 गुल्मेली मौलिक भजन किर्तन मण

4 months ago | [YT] | 5

Dhurba Kunwar

नमस्ते शारदे देवी, सरस्वतीमति प्रदे वसत्वम् मम जिह्वाग्रे, सर्व विद्या प्रदाभव ! नमस्ते शारदे देवी वीणा पुस्तक धारिणीम् !! विद्यारंभं करिष्यामि प्रसन्ना भव सर्वदा !!!🙏🙏

अज्ञानको अन्धकार हटाई ज्ञानको उज्यालो फैलाउने सरस्वती माताको कृपाले हाम्रो जीवन सधैं सही मार्गमा चलिरहोस्। विद्या, बुद्धि र विवेकको आशीर्वाद सदा रहोस् 🙏🌻वसन्त पञ्चमी तथा सरस्वती माताको पुजाको शुभकामना सम्पूर्णमा 🙏

5 months ago | [YT] | 5