आजदेखि स्वस्थानी व्रत र माघ स्नान सुरु आजदेखि वैदिक सनातन धर्मावलम्बीले माघ स्नान र स्वस्थानी व्रत सुरु गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना व्रत, कथा वाचन र शक्तिपीठ पूजा गरिन्छ। बिहान स्नान, मध्याह्न महादेव- पार्वती पूजा र बेलुकी स्वस्थानी कथा सुन्ने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका प्राडा देवमणि भट्टराईका अनुसार व्रतले मनोकाङ्क्षा पूरा हुने विश्वास छ। यसै अवसरमा साँखुको शालिनदीमा माधवनारायण मेला सुरु भएको शालिनदी व्यवस्थापन समितिले जनाएको छ।
पोखरामा चार दिन बिजुली कटौती पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत पोखरा ग्रीड महाशाखाको कुँडहर सबस्टेशनमा 'बसबार' स्तरोन्नति कार्य सुरु भएकाले बिहान ६ बजेदेखि ११ बजेसम्म बिजुली काटिनेछ । वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवका अनुसार काम चार दिन चल्नेछ र पोखराका अधिकांश क्षेत्र प्रभावित हुनेछन्। बिहानको समय भएकाले घरायसी काम, व्यापार र सेवामा असर पर्न सक्नेछ। प्राधिकरणले आवश्यक तयारी गर्न उपभोक्तालाई आग्रह गरेको छ।
JNK
आजदेखि स्वस्थानी व्रत र माघ स्नान सुरु
आजदेखि वैदिक सनातन धर्मावलम्बीले माघ स्नान र
स्वस्थानी व्रत सुरु गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि माघ
शुक्ल पूर्णिमासम्म एक महिना व्रत, कथा वाचन र
शक्तिपीठ पूजा गरिन्छ। बिहान स्नान, मध्याह्न महादेव-
पार्वती पूजा र बेलुकी स्वस्थानी कथा सुन्ने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका प्राडा देवमणि
भट्टराईका अनुसार व्रतले मनोकाङ्क्षा पूरा हुने विश्वास छ।
यसै अवसरमा साँखुको शालिनदीमा माधवनारायण मेला
सुरु भएको शालिनदी व्यवस्थापन समितिले जनाएको छ।
4 months ago | [YT] | 10
View 2 replies
JNK
पोखरामा चार दिन बिजुली कटौती
पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत पोखरा ग्रीड महाशाखाको कुँडहर सबस्टेशनमा 'बसबार' स्तरोन्नति कार्य सुरु भएकाले बिहान ६ बजेदेखि ११ बजेसम्म बिजुली काटिनेछ । वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवका अनुसार काम चार दिन चल्नेछ र पोखराका अधिकांश क्षेत्र प्रभावित हुनेछन्। बिहानको समय भएकाले घरायसी काम, व्यापार र सेवामा असर पर्न सक्नेछ। प्राधिकरणले आवश्यक तयारी गर्न उपभोक्तालाई आग्रह गरेको छ।
4 months ago | [YT] | 2
View 1 reply