The Live #thelive

"Welcome to @thelivelive! Dive into an authentic mix of human expressions, good music, and live reactions to the latest news. It's an unscripted, interactive space where we connect and explore the world as it happens. Join our community! Find more at www.thelive.live"


The Live

#THELIVE THE LIVE "ज्ञान र शीपको खोजी तर्फको यात्रा सफल र सहज रहोस्। सरस्वती पूजाको हार्दिक शुभकामना।" #TheLiveNews #ForTheSimpleReason

5 months ago | [YT] | 1

The Live

कीर्तिपुरमा बाघ भैरव जात्रा २०८२: श्रद्धा, परम्परा र किंवदन्तीको अद्भुत संगम
#TheLiveNews #thelive
कीर्तिपुरबासीका इष्टदेवता मानिने श्री बाघ भैरव को जन्मदिनको अवसरमा प्रत्येक वर्ष भदौ १ गते भव्य रुपमा बाघ भैरव जात्रा मनाउने परम्परा रहिआएको छ। यसवर्ष २०८२ सालमा पनि विशेष पूजा–अर्चना, परिक्रमा र खटजात्रा सहित जात्रा सम्पन्न भइरहेको छ।
जात्राको दिन मन्दिरको उत्तरपट्टि रहेको कुण्डमा बाघ भैरवको मूर्ति स्नान गराई विधिपूर्वक पूजा गर्ने गरिन्छ। त्यसपछि तीनवटा मूर्तिमध्ये एउटालाई खटमा राखी कीर्तिपुरका विभिन्न टोल–गल्लीमा परिक्रमा गराइन्छ। परम्परा अनुसार, मन्दिरलाई १०८ चोटी परिक्रमा गरेमा सबै पापबाट मुक्ति मिल्ने विश्वास छ।
नेपाल संवत् १०६७ (वि.सं. २०१३) बाट शुरु भएको यस जात्रामा खटजात्रा चलाउने परम्परा भने वि.सं. २०१४ सालदेखि प्रचलनमा आएको देखिन्छ।
📖 किंवदन्ती अनुसार:
बाघ भैरव मन्दिर रहेको स्थान प्राचीन समयमा घना जंगल थियो, जहाँ गोठालाले गाईबस्तु चराउने गर्थे। एक दिन गोठालाले माटोले बाघको मूर्ति बनाएर जिब्रो बनाउने भन्दै पात खोज्न गएको बेलामा, अचानक उक्त माटोको बाघमा शक्ति जागृत भई चरिरहेका सबै गाईबस्तु खाइदियो। रिसले गोठालाले मूर्तिमा जिब्रो नराखी छाडे। पछि त्यो बाघले मानिसलाई समेत दुःख दिन थालेपछि तान्त्रिकले बताएको उपाय अनुसार विधिपूर्वक भैरवको पूजा गरियो। त्यसपछि बाघको उत्पात अन्त्य भई त्यही ठाउँमा बाघ भैरवको मन्दिर स्थापना गरियो।
आजसम्म पनि कीर्तिपुरको बाघ भैरव मूर्तिमा जिब्रो नरहेको विश्वास त्यही कथासँग जोडिएको छ।
🙏 यसरी बाघ भैरव जात्रा केवल धार्मिक श्रद्धा मात्र नभई, इतिहास, परम्परा र किंवदन्तीलाई जीवित राख्ने सांस्कृतिक धरोहरको रुपमा मनाइन्छ।
📸 Credit: Pradip Maharjan Photography
✍ Text Source: #boshigaundabali

10 months ago (edited) | [YT] | 0