Divine Nepal
@DivineNepal72
नमस्कार साथीहरु ! यहाँहरुलाई DivineNepal युट्युब च्यानलमा स्वागत छ । हामिले यो च्यानल सिर्जना गर्नुको मुख्य उद्देश्य Cricket, Football लगायत नेपाली खेलकुद जगतका विभिन्न जानकारी यहाँहरु माझ पस्कने र नेपाली खेलकुद क्षत्रलाई अझ प्रश्रय दिन सानो भए पनि योगदान पुर्‍याउने हो । हामी यस च्यानलमा नेपाली खेलकुद जगतका लेटेस्ट जानकारी संगै विश्लेषणात्मक सामग्री हरु पनि यहाँहरु माझ पस्कनेछौँ । हामी सकेसम्म यहाँहरुको रुचि र चाहनाको विषयलाई अथक प्रयास सहित सकेसम्म पुर्णता दिने कोसिस गर्नेछौं आसा छ यहाँहरुले हामिले पस्केका सामाग्रीहरु मन पराउनुहुनेछ । साथै यहाँहरुको सिर्जनात्मक प्रतिक्रिया , सल्लाह र सुझाबको लागि पनि हामी प्रतिक्षारत रहनेछौँ। हाम्रो DivineNepal च्यानलाई subscribe गरेर साथ , सपोर्ट र हौसला दिनुहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।

Email : kcsabin2014@gmail.com


Divine Nepal

Kushal Again🔥🔥🔥
एसियन गेम्सको पुरुष क्रिकेटको छनोट कुशल भुर्तेलले कीर्तिमानी लागतार दोस्रो शतक प्रहार गरेका छन्। यसअघि उनले चीनविरुद्ध पनि शतक बनाएका थिए।
मलेसियाविरुद्ध आज उनले ४३ बलमा १० चौका र ७ छक्का प्रहार गर्दै शतक बनाए। योसँगै उनी नेपालका टि–२० अन्तर्राष्ट्रियमा तीन शतक बनाउने पहिलो खेलाडी बनेका छन्। यस्तै उनी नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक बनाउने खेलाडी पनि बने। उनले एकदिवसीय र टि–२०मा गरी कुल ५ शतक बनाएका छन्।
आजको खेलमा उनले ८ छक्का र १४ चौकाको मदतले १२६ रन बनार ।
#NepaliCricket #KushalBhurtel #cricket

5 days ago | [YT] | 143

Divine Nepal

Breaking
नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्समा छनोट भएको छ। आज भएको समूह चरणको खेलमा मलेसियाले चीनलाई हराएसँगै नेपाल र मलेसिया दुवैले प्रतियोगितामा स्थान बनाएका हुन्।

दूई समूहमा विभाजन गरिएको क्वालिफायरमा समूह ‘ए’ मा नेपाल, मलेसिया, चीन र कतार थिए। कतार प्रतियोगितामा सहभागि नहुँदा नेपाल र मेलेसिया एक खेल अगावै छनोट भएका हुन्।

अब नेपाल र मलेसियाबीचको खेलपछि समूह विजेताको टुंगो लाग्नेछ। २० औं संस्करणको एसियन गेम्स सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा सञ्चालन हुनेछ।

1 week ago (edited) | [YT] | 127

Divine Nepal

Wow ! amazing 🇳🇵❣️❣️🔥
नेपाली क्रिकेट टिमका ओपनिङ ब्याटर कुशल भुर्तेलले एसियन गेम्स छनोटअन्तर्गत चीनविरुद्धको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् ।

भुर्तेलले नवौं ओभरमा ६ छक्का प्रहार गरेका हुन् । उनी यो कीर्तिमान बनाउने नेपालका दोस्रो खेलाडी हुन् भने विश्वकै छैटौं खेलाडी समेत हुन् ।

1 week ago | [YT] | 120

Divine Nepal

क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा ३८ खेलाडी,
थपियो ए प्लस क्याटगोरी । क्याटगोरी अनुसार यस्तो छ खेलाडिहरुको तलब । #nepalicricket #newcintract #cricketassociationofnepal

2 weeks ago | [YT] | 104

Divine Nepal

आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले नेपालले अमेरिकालाई १२२ रनले हराएको हो । यो रवाफिलो जीत संगै नेपालको टफ ४ सम्भावना अरु बलियो बनेको छ ।
#congratulations #nepalicricket #nepalvsusa

2 weeks ago | [YT] | 151

Divine Nepal

विश्वकप लिग २ः लगातार दुई जितले नेपाल पाचौं स्थानमा उक्लियो, यात्रा अझै चुनौतिपूर्ण
#nepalicricket #nepalvsscotland #iccleague2

3 weeks ago | [YT] | 156

Divine Nepal

Wow Congratulations Nepal🔥❤️
ओपनर कुशल भुर्तेलको शतकमा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामाथि नेपालले ९ विकेटको शानदार जित निकालेको छ | अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा एक विकेट गुमाएर पूरा गर्‍यो ओपनर कुशलले ११७ बलमा १२० रनको अविजित शतकीय इनिन्स खेले । उनले १३ चौका र ४ छक्का प्रहार गरे

3 weeks ago | [YT] | 123

Divine Nepal

Sad😢
सनसनीपूर्ण खेलमा Scotland ले नेपाललाई डीएल मेथर्ड मा २ रनले पराजित गरेको छ ।
#NepalCricket #GulshanJha #DipendraSinghAiree #NEPvSCO #ICCWCL

4 weeks ago | [YT] | 86

Divine Nepal

Wow
नेपालको ‘ए’ टीमले अमेरिका र स्कटल्यान्डविरुद्धको त्रिकोणात्मक सिरिज क्लीन स्वीप गर्यो 🔥😍 ए टिमको यो जीतले लिग २ खेल्दै गरेको सिनियर टिमलाई ठूलो प्रेरणा मिलेको छ ।

4 weeks ago | [YT] | 89

Divine Nepal

गज्जब🇳🇵🔥
मध्यक्रमका ब्याट्सम्यान सन्दीप जोराले अमेरिकाविरुद्ध शानदार शतक प्रहार गरेका छन् । उनले आज भैरहेको खेलमा ११३ बलमा १११ रन बनाएका छन् ।
#wellplayedsandeep #congratulations

4 weeks ago | [YT] | 107